पोखरा ३१ मा एमालेको १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन
पाेखरा | कात्तिक ५, २०७९
पोखरा : नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर ३१ मा १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित उम्मेदवार भेटघाट तथा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमसँगै शनिवार निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले विधि र पद्धतिमा चल्ने एक मात्र पाटी एमाले भएकोले देशको विकास गर्नको लागि एमालेलाई जिताउनुको विकल्प नभएको बताए । उनले एमाले दुःखी र गरिवको पाटी भएको बताउँदै भूमिहिनका समस्या समाधान गर्ने पाटी एमाले मात्रै भएको जिकिर गरे ।
देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नआएकोले अवस्थामा परिवर्तन ल्याउने पाटी एमाले बाहेक अर्को विकल्प नभएको उनको भनाई छ । उनले देशमा विकासको मुल फूटाउन एमालेलाई बहुमतले विजय गराउन अनुरोध गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले आशा र विश्वसनियता भएको पाटी एमाले भएको बताउँदै अव बन्ने एमालेको प्रदेश सरकारले गण्डकी प्रदेशमा विकासको लहर ल्याउँने बताउँदै यसको लागि एमालेलाई बहुमतले विजयी गराउन मतादातासँग आग्रह गरे ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

